arrow

माछापुच्छ्रे बैंकको डिजिएममा कोइराला र थापाको वढुवा

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
machhapuchhre_dgm.jpg

काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला र अर्जुन थापा बढुवा भएका छन् । बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरि कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा बढुवा गरेको हो ।

कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए। सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् ।

त्यसैगरी, थापाले तत्कालिन ग्रिण्ड्लेज बैंकबाट सन १९९२ बाट करियर शुरु गरेका थिए। माछापुच्छ्रे बैंकमा स्थापनाकालदेखि नै आबद्ध थापाको कर्जा लगानी, रिस्क म्यानेजमेन्ट लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता रहेको छ । थापाले यसै बैंकको पोखरा क्षेत्रको क्षेत्रीय प्रबन्धकको रुपमा समेत काम गरेका थिए ।

कोइरालालाई हाल बैंकको सम्पूर्ण ' बिजिनेस ' तथा थापालाई बैंकको ' संचालन '  हेर्ने जिम्मेवारी दिईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ