arrow

माओवादीका मन्त्रीहरु जगेडामा, इतिहासमै नयाँ अभ्यास

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
Cabinet-deuba.jpg

काठमाडौं। नेपालको कर्मचारी वृत्तमा सुनिदै आएको जगेडा शब्द नेपाल सरकारको मन्त्रीपरिषदमा पनि प्रवेश गरेको छ। राजनीतिक नेतृत्व र उच्च अधिकृतहरुको कोपभाजनमा परेका कर्मचारीलाई जिम्मेवारीविहिन वनाउन उनीहरुलाई जगेडामा राख्ने काम कमर्चारीतन्त्रमा हुँदै आएको छ।

जिम्मेवारी विहिन बनाइएका सचिव सहसचिव तहका कर्मचारीलाई कार्यालय देखि टेवुलसम्म पनि नहुने गरेको कर्मचारीहरु अनुभव सुनाउँछन्। तर यसरी जगेडामा केहि महिना भन्दा वढी राख्न नपाइने व्यवस्था पनि छ। त्यहि समयमा उनीहरुको व्यवस्थापन पनि हुने गरेको छ। 

कर्मचारीलाई नेता र उच्च अिधकारीहरुले जगेडामा पुर्‍याए झै मन्त्रीहरुलाई नै पनि नेपालको इतिहासमै पहिलोपटक जगेडामा पुगेको देखिएको छ। नेपाल सरकारको मन्त्री परिषदमा पहिलोपटक माओवादी मन्त्रीहरु नै आफ्नो अनुकुल नभएका सचिव सहसचिवहरुलाई जगेडामा पठाएका झै जगेडामा पुगेका छन्। मन्त्रीहरु यसरी जगेडामा पुगेको आधुनिक नेपालको प्रधानमन्त्रीत्वकालमा पहिलोपटक हो। 

कतिपय सन्दर्भमा राजनीतिक व्यवस्थापनका लागि विनाविभागिय मन्त्री बनाएर केहि समयपछि जिम्मेवारी दिने गरिएको थियो। तर यो पटक नयाँ ढंगले विनाविभागिय बनाइएको छ। पहिले मन्त्री भएकाहरुलाई तत्काल हटाउन पनि नमिल्ने जिम्मेवारी दिएर राख्न पनि नसकिने अवस्थामा पुगेका मनाओवादी मन्त्रीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले विनाविभागिय बनाएर जगेडामा थन्क्याएका छन्। 

फुटवल टीम जत्रो माओवादी मन्त्री र राज्यमन्त्रीहरुको टोली अब इतिहासमै पहिलोपटक प्रधानमन्त्रीको सचिवालयमा आउने हाजिर हुने प्रधानमन्त्री कार्यालयको वैठक हलमा जम्मा हुने गफ गर्नेमा सिमित भएका छन्। हिजोसम्म पाएको जिम्मेवारी मुकत भएर नाम मात्रको मन्त्री भएकाहरु अब कसरी अघी वढ्छन कौतुहलताको विषय भएको छ।

त्यसो त विभागिय बनेर जगडामा थन्क्याइएका मन्त्रीहरुलाई सरकारको विजिनेस पठाइने् मन्त्रीमण्डलमा सहभागि हुन अवसर दिइने भनेर प्रधानमन्त्रीले उदारता देखाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विनाविभागिय नै भएपनि उनीहरुलाई मन्त्रिपरिषद वैठकको एजेण्डा पठाउने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। तर यो सबै हुँदा पनि माओवादी मन्त्रीहरु कतिन्जेल सरकारमा रहनेहुन त्यो भने हेर्न वाँकी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ