arrow

च्याम्पियन्स लिग फुटबल: ईङ्गलिश क्लबहरुको सुखद दिन

रियाल मड्रिडले स्पर्ससँग अंक बाँड्यो

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
Liverpool_champions_league.jpg

एजेन्सी। युएईएफए च्याम्पियन्स लिग फुटबलको समुह चरणका खेलहरुमा ईङलिश क्लब लिभरपुल र म्यानचेस्टर सिटी बिजयी भएका छन्।

त्यसैगरि अर्को ईङलिश क्लब टोटेनह्याम हटस्पर्सले साविक बिजेता र डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियाल मड्रिडसँग १-१ गोलको बराबरी गर्दै अंक बाँडेको छ।

लिभरपुल 

लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७-०ले पराजित गरेको थियो। सात गोल गर्ने क्रममा लिभरपुलका मोहमद सलाह, रोबर्टो फिर्मिन्हो र एलेक्स चेम्बेरलिनले दुई-दुई गोल गरेका थिए । अर्का ब्राजिलियन स्टार कोटिन्होले एक गोल गरेका थिए। 

यो बिजय सँगै लिभरपुल समुह चरणको खेलमा शिर्ष स्थानमा रहेको छ। 

म्यानचेष्टर सिटी

त्यसैगरि म्यानचेस्टर सिटीले ईटालियन क्लब नपोलीलाई २-१ गोलले पराजित गरेको छ। सिटीकालागि ९औं मिनेटमा रहिम स्ठर्लीङले गोल गरेका थिए भने १३ औं मिनेटमा जिससले गोल गरेका थिए। 

खेलको ७३औं मिनेटमा नपोलीका अमाडु डिवावाराले गोल गर्दै खेलमा फर्किने संभावना देखाएका थिए तर सफल हुन सकेनन्। 

रियाल मड्रिड-स्पर्स
त्यसैगरि स्पेनिस क्लब रियाल मड्रड र ईङलिश कल्ब  टोटेनह्याम हटस्पर्स बिचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। रियालको घरेलु मैदानमा भएको खेलमा स्पर्सले राम्रो प्रदर्शन गर्दै अंक बाँड्न सफल भएको हो। 

खेलको २८औं मिनेटमा रियालका राफेल भेरेनाले आत्मघाती गोल गर्दै स्पर्सलाई १-०को अघ्रता दिलाएका थिए। खेलको ४३औं मिनेटमा रियालका स्टार स्ट्राईकर रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेलमा रियाललाई फर्काएका थिए। 

समग्रमा भन्दा समुह चरणमा मंगलबारको खेलहरु ईङलिश क्लबका लागि उपलब्धिमुलक रह्यो। तीन ईङलिश क्लबहरुले खेलेको दिमा तीन वटै टोलीले राम्रो नतिजा प्राप्त गरेका थिए।

लिभरपुलले ७-०को ऐतिहासिक जित हात पारेको ह भने सिटीले ईटालियन लिगको अग्रस्थानमा रहेको नपोलीलाई २-१ गोलले पराजित गरेको हो। 

त्यसैगरि टोटेनह्याम हट्सपर्सले गत बर्षको च्यामपियन्स लिग बिजेता रियाल मड्रिडसँग उसको गृह मैदानमा अंक बाँड्नु सफलताका रुपमा हेरिएको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ