arrow

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
hafiz-saeed-pak.jpg

लाहोर, पाकिस्तान। भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ। सार्वजनिक सुरक्षा कानून अन्तर्गत आफ्नै घरमा नजरवन्दमा रहेका सईदलाई आतङ्कवाद विरुद्धको कानून बमोजिम थप राख्न पाकिस्तान सरकारले माग गरेको हो।

गत जनवरीदेखि नजरबन्दमा रहेका सईद उनका अन्य चार जना सहयोगी अव्दुल्लाह उवाइद, मालिक जफर इकवाल, अव्दुल रेहमान अविद र क्वाजी कासिफमाथिको पञ्जावको प्रान्तीय न्यायिक सुनुवाईका क्रममा पञ्जावको गृह विभागका अधिकारीले अनुसन्धानका लागि थप नजरवन्दको माग गरेको हो।

उनीहरूमाथिको कैद समय यही अक्टोबर २४ मा सकिँदै थियो। सरकारले न्यायिक पुनर्विचार समितिबाट अनुमोदन गराएर मात्र अनुसन्धानका लागि कैद समयको थप गर्न पाउँछ। रासस-पीटीआई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ