arrow

पाँचथर काँग्रेसले लगायो उम्मेद्ववारको टुङ्गो

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ कार्तिक १ बुधबार
congress-hami-bhitra-ma.jpg

पाँचथर । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि नेपाली काँग्रेसले पाँचथर सहित ७ जिल्लाको उम्मेद्ववारी टुङ्ग्याउको छ ।

नेपाली काँग्रेस उम्मेद्वार छनोट समितिले असोज ३१ गते टुङ्ग्याएको हो । पाँचथरमा प्रतिनिधि सभाका लागि निवर्तमान सांसद भिष्मराज आङ्देम्वे, प्रदेश सभा क बाट जिल्ला सभापति नरेन्द्रकुमार केरुङलाई र ख बाट काँग्रेसका महासमिति सदस्य सुरेन्द्रकुमार दहाललाई निर्णय गरेको छ ।

जिल्लाबाट प्रतिनिधि सभाका लागि पाँचथर उद्योग बाणिज्य संघ फिदिमका अध्यक्ष रहेका ने.का महासमिति सदस्य मित्रप्रसाद काफ्ले र डिकेन्द्रकुमार चेम्जोङको समेत दावी रहेको थियो । प्रदेश सभा क का लागि पाटी जिल्ला सचिव रुपनारायण जबेगु, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना, गैसस महासंघका अध्यक्ष बालकृष्ण ओझा, पाँचथर ख का लागि सुरेन्द्रकुमार दहाल, महाधिवेशन प्रतिनिधी  बिरेन्द्र खड्का, पाटी क्षेत्रिय सदस्य सुर्यकुमारी चेम्जोङ र महासमिति सदस्य धर्मेद्रविक्रम नेम्बाङको  सिफारिस गरिएको जिल्ला सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।

त्यसै गरि ताप्लेजुङबाट प्रतिनिधि सभाका केशवप्रसाद दहाल, ताप्लेजुङ क बाट लिलादेवी बोखीम, ख बाट दिपेन्द्रकुमार पोमु, सोलुखुम्बु प्रतिनिधि सभाका लागि बलबहादुर केशी, क प्रदेश सभाका लागि प्रकाश कार्की, ख बाट आगेङ्गे शेर्पा, खोटङ  प्रतिनिधि सभाको लागि सरस्वती वजिमय प्रदेश क शुवासकुमार पोख्रेल, ख विष्णुकुमार  राई, मनाङमा प्रतिनिधि सभाका लागि पुर्व राज्य मन्त्री टेकबहादुर गुरुङ, प्रदेश क मा चिन्ताबहादुर घले, ख मा कर्मा गुरुङ, हुम्लामा प्रतिनिधि सभामा   बहादुर शाही र जाजरकोट बाट प्रतिनिधि सभाका लागि राजिव शाही र प्रदेश मा देवराज सिंह र ख मा दिपकजंग शाहलाई नेपाली काँग्रेसले टिकट दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ