arrow

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन  बन्द कोठामा 

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
china-news-@.jpg.jpeg

बेइजिङ ।  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । 

बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

उक्त महाधिवेशनको उद्घाटन सत्रको चाइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए । 

प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाउनुभएको थियो । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गर्नुभएको थियो । 

उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश हिजो नै बेइजिङ आइपुगेका थिए । 

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । 

यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ । 

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ । 

उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ । 

उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ । 

यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । सिन्हा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ