arrow

' सरकार आफ्नै मस्तिमा जनता धुवाँ धुलोको सास्तीमा '

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
sadak-pradarsani-kalanki.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ वडाको बल्खु पुलदेखि कलंकी सम्मका स्थानियहरुले  “कलंकी नागढुंगाको सडक निर्माण छिटो गर” भन्दै विरोध र्‍याली निकालेका छन्। 

स्थानियहरुले र्‍याली मात्र निकालेनन सडक छिटो निर्माण गर्नका लागि दवाव दिदै कोण सभा पनि गरेका छन्। उनीहरुले कलंकीमा कोण सभा गरेर सरकारी अकर्मण्यताको विरोध पनि गरे। 

राष्ट्रिय स्वबलम्बन समाज थानकोट र चन्द्रागिरी नगरपालिका १५ तीन थानाका नागरिक समाजको आयोजनामा सोहि क्षेत्रका अन्य विभिन्न संघ–संस्थाहरु, नागरिकहरु र थानकोट मिनि बस सेवा संघको सहयोगमा सो विरोध र्‍याली निकालिएको थियो। 

कलंकी नागढुंगा सडक निर्माण कार्य विगत ३ वर्ष देखि सुरु गरि निर्माण कार्य ढिलाई गरेर सडकलाई अस्तब्यस्त बनाएर छाडेकोले, धुलो धुँवाले जनस्वास्थ्यमा क्षति पुर्‍याइरहेको उनीहरुले गुनासो गरे। 

स्थानियहरुले धुलो धुवाँ अति भो जनस्वास्थ्यमा क्षति भो, सरकार आफ्नै मस्तिमा जनता धुवाँ धुलोको सास्तीमा, धुलोको असर दम, टि. बी. क्यान्सर , जनस्वास्थ्य माथि अति भो खेलवाड लगायतका नरा लगाएर उनीहरुले प्रदर्शन गरेका थिए। 

राट्रिय स्वाबलम्बन समाजले बाटो निर्माण कार्य सम्पन्न नभएसम्म जनताको मौलिक हक अधिकार रक्षाको लागि यस्तै किसिमका विरोध र दबाबका कार्यक्रमहरु सन्चालन गरिरहने बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ