arrow

च्याम्पियन्स लिग फुटबल: पिएसजी, बार्सिलोना , बायर्न म्युनिख बिजयी

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
champions-league-news.jpeg

एजेन्सी।युएईएफए च्याम्पियन्स लिग फुटबलको बिहीबार हुने समुह चरणका खेलहरुमा पिएसजी, म्यानचेस्टर युनाईटेड, बार्सिलोना, बायर्न म्युनिख र युभेन्टस बिजयी भएका छन्। चेल्सी र रोमा बिचको खेल भने बराबरीमा टुङगिएको थियो। 

पिएसजीले एण्डरलेटलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। पिएसजीकालागि किलन एमबाप्पे, एडिसन कभानी , नेयमार र एन्जल डि-मारियाले गोल गरेका थिए। पिएसजी समुह चरणको खेलमा अपराजित रहेको छ। 

बार्सिलोनाले ओलम्पियाकोसलाई ३-१ले पराजित गरेको थियो भने म्यानचेस्टर युनाईटेडले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो। त्यसैगरि युभेन्टसले स्पोर्टिङ लिस्बनलाई २-१ गोलले पराजित गरेको थियो। 

जर्मन क्लब बायर्न म्युनिखले सेल्टिकलाई ३-० गोलले पराजित गर्दै समुहमा दोस्रो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ