arrow

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
President-Bidhya-Devi.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । 

दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर - घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेकी छन् । 

राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ