arrow

डोटीको  बड्डीकेदारमा बस दुर्घटना,एकै गाँउका ३ जनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
Badikedar_Gaunpalika.png

डोटी । बड्डीकेदार गाउँपालिका २ खड्यौलीमा  बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा बड्डीकेदार गाउँपालिका ४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द र  तीन वर्षीया  पुष्पा जेठारा रहेका छन्

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका ४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । 

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ