arrow

माङ्सेबुङ गाउँपालिकाको बजेट बाइस करोड

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
Mangsebung_Gaunpalika.png

इलाम ।  माङ्सेवुङ गाउँपालिकाले चालू आव २०७४ - ७५ का लागि कूल २२ करोड ६४ लाख छ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

पूँजीगत खर्चतर्फ  ११ करोड ९० लाख ६२ हजार, चालू खर्चतर्फ  दुई करोड ९७ लाख ६५ हजार र विषयगत तथा सशर्त अनुदानतर्फ  सात करोड १४ लाख १८ हजार बजेट छुट्याएको छ । 

गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती कात्तिक २५ गतेका दिन स्थानीय सार्वजनिक बिदाको घोषणा गर्दै सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाले विद्युत् विस्तार गर्नेदेखि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । गजुरमुखी र माङ्सेबुङको बृहत् धार्मिक पर्यटन गुरुयोजना निर्माणलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ