arrow

बर्दिबासमा डेंगु रोगी बढे

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
dengue--ji-ha.jpeg

गौशाला ।  महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन् । 

जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो । 


यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ । 

यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्नाका साथै सो रोगको किटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर भइरहेको निरीक्षक ठाकुरले बताए । 

बर्दिबासमा देखा परेको डेंगुको संक्रमण विस्तारै बर्दिबाससँग जोडिएको धनुषा, सर्लाही र सिन्धुली जिल्लाका विभिन्न गाउँ शहरमा पनि सर्नसक्ने चिन्ता बढ्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ