arrow

दोलखामा काँग्रेसबाट रुद्र, बर्मा र केशव भिड्ने

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
dolakha-congress-candidate.jpg

दोलखा। नेपाली काँग्रेसले दोलखाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उमेद्वार बन्नेहरुको नाम टुङगो लगाएको छ। 

नेपाली काँग्रेस संसदीय वोर्डले गरेको निर्णय अनुसार दोलखाबाट प्रतिनिधि सभामा रुद्र बहादुर खड्का उमेद्वार भएका छन्। खड्का नेपाली काँग्रेसका सभापति तथा पूर्व जिविस सभापति हुन्।

काँग्रेसले प्रदेश सभाको दुई सीटमा पनि उमेद्वार बनाएको छ। काँग्रेसले प्रदेश सभाको क मा वर्मा लामालाई उमेद्वार बनाएको छ। लामा यसअघी मेलुङ गाउपालिकामा उमेद्वार भएपनि अपवादको मापदण्डमा परि काँग्रेसको टिकट पाएका छन्। उनी गाउँपालिकामा थोरै मतले पराजित भएका थिए। दोलखाका यूवाहरुमा उनको राम्रो प्रभाव छ। 

दोलखा प्रदेश ख मा भने केशव चौलागाईलाई काँग्रेसले चुनावी मैदानमा पठाएको छ। नेपाली काँग्रेसको महासमिति सदस्य चौलागाई यसअघी पार्टी सचिव थिए। लोककलाका पारखी चौलागाई धार्मिक व्यक्तित्व पनि हुन्। 

नेकपा एमाले र माओवादीले अझै औपचारिक रुपमा उमेद्वार घोषणा गरेको छैन। दोलखाबाट विवेकशिल साझा पार्टीले प्रतिनिधिसभामा विजयबाबु शिवाकोटीलाई उमेद्वार बनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ