arrow

 कुल ग्राहस्थ उत्पादनको  ५ प्रतिशत बजेट नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने विधेयक संसदबाट पारित

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
UkraineFlag.jpg

कीभ । यूक्रेनी संसदले बिहीबार  संसदमा लामो समय विचाराधिन अवस्थामा रहेको स्वास्थ्य सेवा सुधार सम्बन्धि विधेयकलाई पारित गरेको संसदको सञ्चार सचिवालयले जनाएको छ । 

विधेयक पारित गर्नका लागि २२६ सदस्ण्को समर्थन रहनुपर्नेमा २४० मत विधेयकको पक्षमा परेको थियो । 

नयाँ स्वास्थ्य सेवामा राज्यको कुल ग्राहस्थ उत्पादनको कम्तिमा पाँच प्रतिशत बजेट नागरिकका निश्चित स्वास्थ्य सेवा तथा औषधि उपचारमा खर्च गर्ने व्यवस्था गरिएको छ । 

खासगरी राज्यले आपतकालिन औषधी सेवा, आधारभूत स्वस्थ्य सेवा, अध्यधिक पीडादायी स्वास्थ्य सेवा, मातृशिशु स्वास्थ्य स्याहार सेवाका लागि दिइने सेवातथा सुविधामा उक्त रकम खर्चिने र नागरिकको आधारभूत स्वास्थ्य सेवामा रहेका यस पहिलेका समस्यालाई निराकरण गरिने छ । 

यूक्रेनी प्रधानमन्त्री भोलोदोमिर ग्राइसम्यानले मानव स्वास्थ्य सेवाका लागि भएको कानूनी सुधारप्रति खुशी व्यक्त गर्दै नयाँ कानूनको स्वागत गर्नुभएको छ । यो राज्यको स्वास्थ्यसेवा सुधारको नयाँ उपलव्धि भएको बताए । 

“नयाँ कानूनी प्रावधान अनुसार प्राप्त हुने औषधी र उपचार सेवा उत्कृष्ट तथा सवैलाई उपलव्ध हुने सेवा रहने छ,” ग्रोइसम्यानले ट्वीटर सन्देशमा लेख्नुभएको छ । 

सरकारले नयाँ कानूनलाई सन् २०१८ को जनवरी १ देखि कार्यान्वयनमा लैजाने छ र सन् २०२०को अन्त्यसम्म नागरिकले यसको पूर्णतया महसुस गर्न पाउने छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ