arrow

ओखलढुङगामा काँग्रेसबाट रामहरी, लिला र प्रदिप चुनाव लड्ने

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
mr.-ramhari-khatiwada.jpeg

ओखलढुङगा। नेपाली काँग्रेसले ओखलढुङगाको चुनावी मैदानमा भिड्ने उमेद्वारहरुको नाम टुङ्ग्याएको छ। 

पहिलो चरण मंसिर १० मा हुने चुनावका लागि काँग्रेसको संसदिय वोर्डको वैठकले विहिवार उमेद्वारको नाम टुङ्ग्याएको हो। 

काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा रामहरि खतिवडालाई उमेद्वार बनाउने भएको छ। खतिवडा यसअघी पनि निर्वाचित सांसद हुन्। संसदमा क्रियाशिलताका कारण चर्चित उनी ओखलढुङगामा लोकप्रिय छन्। 

ओखलढुङगाको प्रदेशसभा अन्तर्गत क मा लिला बल्लभ दाहाल (काका ) उमेद्वार भएका छन्। नेविसंघो राजनीतिबाट आएका पर्यटन व्यवसायि दाहाल यूवाहरु माझ लोकप्रिय छन्। 

प्रदेशतर्फ ओखलढुङगाको ख मा  काँग्रेस जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई काँग्रेसले टिकट दिएको छ। उनी अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै काँग्रेसको राजनीतिमा स्थापित छन्। 

असन्तुष्टी
टिकट वितरणसँगै ओखलढुङगा काँग्रेसमा असन्तुष्टीका स्वरहरु पनि सुनिन थालेका छन्। पार्टी सभापति प्रदिप कुमार सुनुवार आफ्नो निर्वाचन क्षेत्र क बाट खमा आएपछि ख का स्थानिय काँग्रेसका आकाँक्षीहरु रुष्ट भएका छन्। उनीहरुले पार्टीको निर्णयप्रति असहमति जनाउँदै ध्यानाकर्षण गराउने तयारी गरेका छन्। पार्टीको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हैसियतका नेताहरु तथा ओखलढुङगा ख का टिकटका आकाँक्षीहरु पार्टीको निर्ण सच्याउने दवाव दिने अभियानमा जुटेका छन्। स्थानिय कमल तामाङ लगायतका नेताहरु भेला गरेर त्यसको निर्णय सहित पार्टीलाई ध्यानाकर्षण गराउन लागेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ