arrow

पश्चिम रुकुममा काँग्रेसबाट गोपालजीजंग शाह र खड्ग डाँगी चुनावी मैदानमा

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
congress-flag.jpg

पश्चिम रुकुम। पहिलो चरणमा चुनाव हुने जिल्लाका उमेद्वारहरुको नामावली नेपाली काँग्रेसले टुङ्ग्याउँदै लगेको छ। 

आगामी मंसिर १० मा सप्पन्न हुने संघ र प्रदेश अन्तर्गत पश्चिम रुकुममा पनि चुनाव हुँदै छ। 

नेपाली काँग्रेस संसदीय वोर्डले पश्चिम रुकुमका लागि प्रतिनिधि सभामा पूर्वमन्त्री समेत रहेका गोपालजीजंग शाहलाई मैदानमा उतारेको छ। उनी रुकुम काँग्रेसमा परिचित  र लोकप्रिय नाम हुन्। माओवादी सशस्त्र द्धन्दका बेलाा पनि रुकुममा काँग्रेसलाई नेतृत्व गर्ने उनी आँटी नेताका रुपमा चिनिन्छन्।

पश्चिम रुकुमको ख मा भने काँग्रेस संसदीय वोर्डले खडग डाँगीलाई उमेद्वार वनाउने निर्णय गरेको छ। नेबिसङ केन्द्रिय उपाध्यक्ष रहेका डाँगी मिलनसार र कुशल संगठक मानिन्छन्। रुकुम क मा भने काँग्रेसले चाँडै निर्णय गर्ने जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ