arrow

जाजरकोट रिम्नामा बस दुर्घटना: दुईजनाको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
bheri_municipality_map.png

जाजरकोट ।  भेरी नगरपालिका १ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिए । 

बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ