arrow

तेह्रथुमे ढाकाको माग बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
dhaka.jpg

आठराई, तेह्रथुम ।  यस वर्षको तिहारमा तेह्रथुमे ढाका कपडाको माग बढेको छ । 

ढाका कपडाको लुगा उपहार दिने चलन बढ्दै गएपछि स्थानीय बजारमा माग बढेको हो । अन्य समयभन्दा तिहारको समयमा ढाका कपडाको बिक्री दोब्बर भएको व्यवसायीले बताएका छन् । 

जिल्लामा बुनेका ढाका कपडा अन्य ठाउँको भन्दा कलात्मक हुने व्यवसायी बताउँछन् । तिहारमा ढाकाको बिक्री दोब्बर बढेको अनुग्रह ढाका कपडा उद्योगका सञ्चालक हेमकर्ण कुरुम्बाङले बताए । ढाकाको सर्ट, टोपी, रुमाल, टप्स, कुर्तासुरुवाल र साडीको माग बढी छ । 

यहाँका सयौँ महिलाले रोजगारीसमेत पाएका छन् । उद्योग स्थापना गर्ने क्रम बढेको छ । घरमा तानमा बुनेर पसलमा सामग्री ल्याउनेको संख्या अत्याधिक छ । म्याङ्लुङ बजारमा ढाका कपडा उद्योग खुल्ने क्रम बढ्दो छ । 

फक्ताङ्लुङ ढाका कपडा उद्योगका सञ्चालक शान्तिला फुदोङ यहाँको ढाका कपडाको माग अन्य ठाउँको भन्दा बढी रहेको बताउछन् । तेह्रथुमको ढाका जिल्लामा मात्रै नभई जिल्ला बाहिरका मुख्य बजारसँगै हङ्कङ, बेलायत, सिंगापुरलगायत देशमा निकासी हुने गर्छ । 

उद्योगीले ढाकाको बजार र कच्चा पदार्थ उत्पादनसँगै ट्रेड मार्कका लागिसमेत छलफल शुरु गरेको छ । तेह्रथुमे ढाकाको गुणस्तरीय उत्पादन र बजारीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले समेत कार्यक्रम सञ्चालन गर्दैआएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ