arrow

भोजपुरमा काँग्रेसको तर्फबाट उमेशजंग रायमाझी उमेद्वार

काँग्रेस र संघीय फोरमको तालमेल

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
umeshjung-rayamajhi.jpg

काठमाडौं। नेपाली काँग्रेसले भोजपुरको आफ्नो उमेद्वार टुङगो लगाएको छ। संघीय फोरमसँग चुनावी तालमेल गरेको काँग्रेसले प्रतिनिधि सभाको चुनावमा लोकप्रिय यूवा नेता उमेशजंग रायमाझीलाई उमेद्वार बनाएको छ। 

नेपाली काँग्रेस संसदीय वोर्डको वैठकले रायमाझीलाई टिकट दिने निर्णय गरेसँगै तालमेल पनि गरेको हो। 

नेपाल विद्यार्थी संघङ्को पूर्व महामन्त्री रायमाझी समकालिन यूवा नेतामा राम्रो छवी भएका नेता हुन्। वाकपटुताका धनी र भाषणकलामा राम्रो ज्ञान भएका रायमाझी अध्ययनशिल छन्। कुशल संगठन उनी पूर्वकै उम्दा नेता हुन्।

भोजपुरबाट प्रतिनिधित्व गर्ने काँग्रेस नेता ज्ञानेन्द्र कार्की सुनसरीबाट चुनाव उठदैछन् । रायमाझी उमेद्वार भएपछि यूवाहरु उत्साहित भएका छन्।

संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको काँग्रेसले प्रदेश सभामा सीट वाँडेको छ। 

प्रदेशतर्फ काँग्रेसको सहकार्यमा फोरमका नेता अजम्वर काम्वाङ भोजपुर क बाट चुनाव उठ्दैछन्। 

भोजपुर ख बाट भने नेपाली काँग्रेसका गोविन्द कार्की उमेद्वार भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ