arrow

बेसीशहरमा पिङ मच्चाउने प्रतियोगिता

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
linge-ping.jpg

बेसीशहर । लमजुङको गाउँशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता भएको छ । 

परम्परागत लिङ्गेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि दोस्रो ठूलो पर्व तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाउँशहरमा प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय जनज्योति युवाक्लव, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिङ्गेपिङ मच्चाउने प्रतियोगिता भएको हो । 

आधुनिक संस्कृतिको प्रभाव भइरहेका बेला नयाँ पुस्ताका युवाहरुले परम्परागत संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम गर्नु सरहानीय भएको स्थानीय राजेश थापाले बताए । 

विभिन्न ठाँउबाट आएका २२ जना युवाहरुको सहभागिता रहेको प्रतियोगितामा स्थानीय सन्तोष नेपालीले २३ फिट उचाइसम्म मच्चाएर प्रथम भएका थिए । प्रतियोगितामा स्थानीय सन्देश हिमाली दोस्रो भएका थिए । 

प्रतियोगिताका विजेतालाई प्रमाणपत्रसहित रु एक हजार र उपविजेतालाई रु पाँचसय पुरस्कार दिइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ