arrow

देउसीभैलो खेलेर रितुङ माविलाई ४ लाख संकलन

logo
राकेश शर्मा,
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
myagdi-school-deusi.jpg

म्याग्दी।  रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ । 

समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए । 

वडाको खरिबोट, चौरखानी, ध्यासीखर्क, मँगलेखानी, पात्लेखर्क र दुवाडी क्षेत्रमा खेलिएको देउसीभैलोबाट उक्त रकम संकलन भएको विद्यालय प्रसासनले जनाएको छ । 

खरिबोट र चौरखानीबाट सबैभन्दा धेरै रकम संकलन भएको विद्यालयका शिक्षक यामबहादुर विश्वकर्माले बताए । 

कक्षा १० सम्म पठनपाठन हुदै आएको विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालनको तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । 

सरकारले कक्षा १२ सम्मलाई मावि तह बनाएपछि सोही अनुसार विद्यालयले कक्षा थपको तयारी गरिरहेको जनाएको छ । विद्यालयका दुईसय विद्यार्थी अध्ययनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ