arrow

चोरलाई पक्राउ गर्ने क्रममा रौतहट प्रहरी र स्थानीयवासीबीच झडप

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
tangal-ma-jhadap.jpg.jpeg

रौतहट । मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । 

सदरमुकाम गौरस्थित विद्युत कार्यालय अगाडिबाट चारदिन अघि एउटा मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका १ का देवनाथ साहलाई गएराति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले उनको घरबाट पक्राउ गरेको थियो । 

पक्राउ लगतै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुंगामुढाा प्रहार गर्नुका ईप्रका शिवनगरका प्रहरी नायव निरीक्षक मदन ठाकुर माथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । यस क्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

झडपमा संलग्न देवाही गोनाही नगरपालिका ३ का राकेश साह, गरुडा नगरपालिका ४ का दिनेस साह, कलवार ५ का बिगनेस साह र माधव नारायण नगरपालिका७ का रामप्रवेस मुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साह माथि चोरी मुद्दा तथा झडपमा संलग्न माथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ