arrow

नुवाकोटमा काँग्रेसबाट महत र केसी दाई भाइसहित थिङ र लामा उठ्दै

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
mahat-tamang-kc.jpg.jpeg

नुवाकोट। नुवाकोटमा प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेसका नेता तथा संसदीय दलका सदस्यद्धय रामशरण महत र अर्जुननरसिंह केसी उठ्ने भएका छन्।

महत नुवाकोट १ बाट उठ्दा केसी नुवाकोट २ बाट प्रत्यासी भएका छन्। स्थानिय नेता समेत रहेका महत र केसीका भाईहरु भने प्रदेशमा उठ्ने भएका छन्। 

डा रामशरण महत प्रत्यासी भएको नुवाकोट १ बाट प्रदेशको क मा महेन्द्र थिङ र नुवाकोट १ ख रमेश महत उठ्ने भएका छन्। 

महेन्द्र थिङ तामाङ समुदायका लोकप्रिय जनजाती नेता हुन्। रमेश महत पूर्व पार्टी सचिव हुन। उनले रामशरण महतको सचिवालयमा रहेर काम गर्दै आएका छन्।

नुवाकोट २ मा अर्जुनरसिंह केसी चुनावी मैदानमा उत्रदै गर्दा उनका पार्टी सभापति समेत रहेका भाई जगदिश नरसिंह केसी नुवाकोट २ क बाट प्रदेश  सभामा प्रत्यासी भएका छन्। जगदिश नरसिंह केसी नुवाकोट काँग्रेसमा प्रभावशाली नेता हुन। उनले जनआन्दोलनका बेला गोंगवु क्षेत्रको नेतृत्व गरेका थिए । प्रदेशकै नुवाकोट २ ख बाट भने जगत लामा चुनावी मैदानमा उत्रेका छन्। उनी पनि यूवाहरु माझ लोकप्रिय छन्। 

यसअघी ३ क्षेत्र रहेको नुवाकोटमा यो पटक २ क्षेत्र भएको छ। क्षेत्र नम्वर ३बाट यसअघी निर्वाचित वहादुर सिंह लामा यो पटक समानुपातिकमा बसेका छन्। समानुपातिकमा बसेका डा प्रकाशरण महत भने काठमाडौं ५ बाट प्रत्यासी हुँदैछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ