- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन्। बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस