arrow

महाकालीमा जिप दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
mahakali_nagarpalika_map.png

दार्चुला ।  महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ । 

सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोत र्यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

ओरालो खोल्सामा सडकबाट १०० मि तल खोलामा पल्टेको जिपमा दुई जना मात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुवै जना रातभर जात्रामा रहेका कारण अनिदोमा जिप चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ