arrow

रतुवामाई नगरपालिकाको वजेट सार्वजनिक; नगरका सवै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइने  

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
ratuwamai-morang.png

विराटनगर। मोरङको रतुवामाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७४-०७५ को लागि अनुमानित ४२ करोड ४७ लाख ५४ हजार रुपैयाँ बजेट पारित गरेको छ। नगरपालिकाले प्रथम नगरसभाद्धारा चालु आर्थिक वर्षको लागि बेजेट पारित गरेको हो। नगरपालिकाको  नीति  तथा कार्यक्रम सार्वजानिकरण गर्दै रतुवामाई नगरपालिको प्रमुख रविन राईले चालु आर्थिक वर्षमा आम्दानी तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्गर्ततको अनुदानबाट २६ करोड ३१ लाख ७४ हजार, सशर्त अनुदानबाट १४ करोड ३८ लाख, आन्तरिक श्रोतबाट ७७ लाख ८० हजार र जिल्ला समन्वय समितिबाट राजस्व बाँडफाँड बापत १ करोड रुपैयाँ रहेको बताए।

नगरपालिकाले नगरक्षेत्रमा शैक्षिक स्तरमा सुधार ल्याउन यसवर्षको  विभिन्न नया तथा स्तरिय कार्यक्रम वजेटमा समेटेको छ। शिक्षा प्रणालीलाई व्यवस्थितगर्न आगामी शैक्षिकसत्रदेखी नगरपालिका क्षेत्रका सवै सामुदायिक विद्यालयमा अग्रेजी माध्यमवाट पठनपाठन संचालनगर्ने देखी नगरक्षेत्र भित्र रहेका संस्थागत विद्यायलहरुलाई मापदण्ड वनाएर शुल्क निर्धारण गर्ने योजना वजेट मार्फत सार्वजनिक गरिएको  रतुवामाई नगरपालिकाका प्रमुख  राईले बताए। अग्रेजी माध्यमवाट अध्यापनका लागी नगरपालिकाले चालु आर्थिकवर्षको वजेटमा ६० लाख रुपैया विनियोजित गरेको छ। 

आगामी वैशाखदेखी नया सैक्षिकशत्र शुरु हुन्छ। शिक्षाको गुणस्तरमा सुधारका लागी  नगरपालिकाले सौठा क्याम्पस, इटहरा क्याम्पसको स्तरिय शिक्षाको वृद्धिगर्न रोजगारी मुखी तथा सिपमुलक प्राविधिक शिक्षा संचालनमा ल्याउने जनाएको छ। यसैगरी झुर्किया स्थित श्रीमावीमा दश जोड दुइ कक्षा संचालनमा ल्याउने तथा सामुदायिक विद्यालयमा अध्यन गरि एस ई ई परिक्षामा सवैभन्दा वढि अकं ल्याउने छात्रछात्रालाई पुरस्किृतगर्ने जनाइएको छ। 

त्यस्तै  न्युन विद्र्याथि रहेका विद्यालयहरुलाई अन्य विद्यालयमा समायोजन गरेर विद्यालयका शिक्षलाई थप गुणस्तर वनाउन लागिएको पनी उहाले बताए। नगारपालिकाले प्रतेक विद्यालय देखी मदरसालाई समेत व्यवस्थितगर्न तथा प्रयोगशालाका समाग्री खरिदका लागी समेत वजेटमा रकम विनयोजित गरेको छ।  त्यस्तै वजेटमा रतुवा र वक्राहा खोलाको दायावाया वुक्षारोपणगरी ग्रिनवेल्ट बनाउने योजना समेत  समेटिएको छ। यसरी वृक्षारोपण हुदा त्यसले तटवन्धको कामलाई समेत मद्त पुग्नेछ। 

वजेटमा राजनितिक तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने सो क्षेत्रका नेता तथा समाजसेवी लखनलाल अमात्य, मदनलाल ताजपुरिया र लैनवहादुर खडकाको नाममा विभिन्न सडकहरुको नामाकरण गर्ने जनाइएको छ।

यसैगरी साउन २८ र २९ गते आएको वाढिका कारण क्षति भएका जमिनको  पुर्नउथ्थान देखी वालुवाले पुरिएका जमितहरुको वालुवा हटाएर व्यवस्थित कृषि परियोजना संचालनगर्न लागिएकोपनी वजेटमा उल्लेख गरिएको छ। यसैगरी इटहरा र सिजुवामा फ्रि वाई फाई जोन संचालनदेखी युवाहरुका लागी प्रतेकवर्डामा  खेल मैदान र पार्क समेत निमार्णका लागी  समेत वजेटमा रकम  विनियोजित गरिएको  छ।

नगरपालिकाले आफ्नो उपलब्धीहरुमा एकिृत सम्पत्ति कर प्रणालीको वैज्ञानिक ढंगबाट शुरुवात गरेको, नगर क्षेत्रको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा आगमी नयाँ शैक्षिक शत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने, नगरपालिमा एउटा रङशाला निमार्ण गर्ने कार्यको लागि सम्भावित जग्गा र श्रोत पहिचान गर्ने, ८० वर्ष कटेका बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्ताको रकम सम्बन्धित व्यक्तिको घरमा पुर्‍याउने योजनाहरु सार्वजानिक गरिएको छ।

यसैगरी वैकल्पिक उर्जा, पक्कि सडक निमार्ण, जनताको गुनासा सुन्न प्रतेक महिना विभिन्न वर्डामा नगर प्रमुखको उपस्थिितमा जनतासंग मेयर कार्यक्रम समेत संचालन गर्ने जनाइएको छ। त्यस्तै नगरपालिको मुख्य बजार, चौक क्षेत्रमा  फ्रि वाइफाइ जोन बनाउने, सिटी बस संचालन गराउन निजी क्षेत्रलाई आकर्षित गराउने, रतुवामाई रिङरोडको सम्भाव्यता अध्ययन गर्ने, घाट निर्माण जस्ता योजनाहरु समेत सार्वजनिक गरेको छ। 

बजेट, निती तथा कार्यक्रमको सार्वजानिक गर्दै नगरपालिका प्रमुख राईले रतुवामाई नगरपालिमा कृषि योग्य भूमी धेरै भएकाले कृषिलाई आधुनिकरण गर्दै युवालाई कृषि पेशमा आकर्षित गराउने योजनाहरु ल्याएको  बताए। उनले चालु आर्थिक वर्षमा एउटा वडामा कम्तिमा तीन जना सक्रियायुवालाई कृषिमा ल्याउन विभिन्न योजना ल्याउने तयारी गरेको बताए। 

कार्यक्रममा नगरपालिको प्रमुख राईले चालु आर्थिक वर्षमा ल्याएको बजेट, निती तथा कार्यक्रमहरु कार्यन्वयन गर्दै अगाडी बढने बताए। 

Image may contain: 3 people, people sitting and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ