arrow

कोलकातामा नेपाल भवन बनाइने

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
india-presidential-palace.jpg

काठमाडौं । भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ । 

नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने आश्वासन दिए । 

ट्रस्टका संयोजक खिमराज बरालले कोलकाता र कोलकाता वरिपरि रहने नेपाली मिलेर लिएको केही जमिनमा नेपाल भवन बनाइने बताउँदै रकमका लागि चन्दा तथा देउसीभैलो आदि कार्यक्रम गरिएको जानकारी दिए। लक्ष्मीपूजाका दिन आयोजित देउसीभैलो कार्यक्रममा ट्रष्टका सहसंयोजक नारायणप्रसाद हुमागाईँले नेपालीहरु विदेशमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको रक्षा गर्दै नेपाली समुदायबीच आफ्नो पहिचानको मूल्यबोध जगाउने र अन्य समुदायबीच पनि त्यसको प्रचारप्रसार गरिरहेको बताए । 

सांस्कृतिक मञ्च कोलकाताका महासचिव राजु पाठकले कोलकातामा नेपाली समुदायको कुनै धर्मशाला या कुनै आपत्विपद् पर्दा राहत पाउने स्थान नहुँदा धेरै समस्या परेकाले नेपाल भवन बनाउन लागि बताउँदै भवन बनाउन नेपाल र भारत सरकारको सहयोग मागिने बताउँदै यसमा नेपाली महावाणिज्य दूतावास कोलकाताको सक्रिय पहलकदमीका लागि आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ