arrow

आठसय नेता तथा कार्यकर्ताबीच पूर्व श्रमराज्यमन्त्री गुरुङद्धारा मनाङमा उम्मेदवारी दर्ता

मनाङमा पर्यटन, जलविद्युत र कृषिमा थप काम गर्ने प्रतिबद्धता

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
manang-congrsss.jpg

मनाङ। नेपाली कांग्रेस मनाङका सभापति, पूर्व सांसद एवं पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आइतबार प्रतिनिधी सभा सदस्यका लागि मनाङबाट मनोनयन गरेका छन्। गुरुङले जिल्लाको पर्यटन विकास, पूर्बाधार विकास, जलविद्युतमा लगानीमैत्री वातावरण र कृषिमा आधुनिकिकरण गर्ने प्रतिबद्धतासहित मनोनयन दर्ता गरेका हुन्।

०७० सालको संविधानसभाको निर्बाचनमा अत्याधिक मतबाट विजयी भएका कांग्रेस नेता गुरुङले यसपटक पनि प्रतिनिधी सभाको निर्बाचनमा उम्मेदवारी दर्ता गरेका छन्। सांसद भएको ४ बर्षमा मनाङको विकासमा निरन्तर लागि परेका गुरुङले जिल्लाको पूर्बाधार विकासमा निकै धेरै काम गरिसकेका छन्।

मनाङ सडकको स्तरीकरण आफ्नो पहिलो काम भएको उनले बताए। ‘मन्त्री रहँदा पनि बेसीशहर–चामे सडकको स्तरोन्नतीदेखि केन्द्रबाट बजेट विनियोजन गर्न लगाएँ।’ उनले भने, ‘४ बर्षको अबधीमा उक्त सडक धेरै नै सुधार भएको छ । पुल निर्माण र अन्य काम भइरहेको छ।’

हिमाली जिल्ला मनाङ पर्यटनमा अत्याधिक संभावना बोकेको जिल्ला भएकोले थोराङ भञ्ज्याङ, तिलिचो ताल, पोंकर तालसम्म पुग्ने बाटो निर्माणसँगै विश्वविख्यात अन्नपूर्ण पदमार्गको स्तरोन्नतीमा लाग्ने प्रतिनबद्धता जनाएका छन्। यसअघि गुरुङकै सांसद विकास कोषबाट मनास्लु हिमालको बेशक्याम्पसम्म पुग्ने बाटोको निर्माण भएको छ। जुन निर्माणाधिन छ।

यस्तै, मनाङ जलविद्युतको पनि संभावना भएकोले मस्र्याङ्दी, दूधखोला लगायत अन्य साना खोलाहरुबाट विद्युत निकाल्न सकिने भएकोले लगानीमैत्री वाताववरणको सिर्जना गर्ने गुरुङको प्रतिबद्धता रहेको छ। उनले मनाङ पशुपालन र कृषिमा अब्बल भएकोले मनाङमा स्याउ फलाएर बाहिरी देशबाट स्याउको आयतलाई घटाउन सकिने बताएका छन्। यसका लागि आवश्यक बजेट, तालिम र बिउको ब्यवस्था मिलाउने प्रतिबद्धता गरेका छन्।

उनले मनाङमा राज्यले अर्ब खर्च गरेर खर्बौ लैजान सक्ने ठाउँ रहेको बताए। यसको विकासका लागि थप समय आवश्यक रहेकोले आफूले उम्मेदवारी दिएको गुरुङ बताउँछन्। गुरुङले आठसय नेता तथा कार्यकर्ताबिच आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। उनीसँगै प्रदेश सभाका लागि कांग्रेसका चिन्ता घले र कर्म गुरुङले पनि निर्बाचन कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ