arrow

तीन दिनमा सय किलो सुन बिक्री, ४८ करोडको ब्यापार 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
gold.jpeg

काठमाडौं । तिहारमा मनाइने धनतेरस लक्ष्मीपूजामा सुनचाँदी बिक्री ह्वात्तै बढेको छ ।

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा) मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । 

एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । 

जस अनुसार तीन दिनको अवधिमा ४८ करोड ४४ लाख रुपैयाँको सुन बिक्री भएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ