- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बिहान बस्दैछ । बिहान ९ बजेदेखि बस्न लागेको बैठकले नयाँ मुख्य सचिव नियुक्त गर्दैछ ।
अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो ।
गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।
मन्त्रीपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी पनि गरेको जनाइएको छ ।
गोरखापत्रको महाप्रवन्धक नियुक्त पनि आजैको वैठकले गर्न सक्ने बताइएको छ। गोरखापत्रको महाप्रवन्धकमा पत्रकारहरु वसन्तप्रकाश उपाध्याय, कृष्ण केसी र पोषण केसी प्रतिष्पर्धामा छन्।
चलचित्र विकास वोर्डको अध्यक्ष नियुक्त पनि आजैको वैठकले गर्न सक्ने बताइएको छ ।