arrow

निर्वाचन कार्यतालिका अन्तर्गत् सोमबार के-के हुँदैछन् महत्वपूर्ण कामहरु ? 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
candidecy_hetauda.jpg

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि गत भदौं २४ गतेदेखि नै निर्वाचन कार्यतालिका सुरु भईसकेको थियो । दुईवटा निर्वाचन प्रणालीमा सम्पन्न हुने निर्वाचनको पहिलो चरणको प्रत्यक्ष निर्वाचन मार्फत् निर्वाचित हुने प्रतिनिधिहरुको मनोनयन पनि आईतबार सम्पन्न भईसकेको छ । यद्यपि समानुपातिक निर्वाचन प्रणालीको लागि भने दुबै चरणको लागि भने निर्वाचनका सबै प्रक्रियाहरु एकैपटक तय गरिएको छ । 

आज कात्तिक ६ गते सोमबार भने प्रत्यक्ष मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुबैको एकै दिन निर्वाचन कार्यतालिका जुधेको छ । समानुपातिक निर्वाचन प्रणाली तर्फ सोमबार निर्वाचन आयोगले ६ दिनको समय दिएर असोज २९ गते दलहरुले बुझाएको समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा केही संशोधन गर्ने भए संशोधनको लागि समय दिने कार्यतालिका रहेको छ । सोमबारसम्म संशोधन गरी पेश गर्नै पर्ने भएकोले दलहरुले यस अघि खेस्राको रुपमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचीमा धेरै हेरफेर हुने देखिएको छ । 

उता, प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ भने सोमबार उम्मेदवारहरुको विरोधमा उजुरी दिने दिन तोकिएको छ । उम्मेदवारी दिएकाहरु विरुद्ध कसैले उजुरी दिएको खण्डमा निर्वाचन आयोगले त्यस उपर छानविन गरी दोषी पाईए उसको गल्तीको प्रकृति हेरेर उसको उम्मेदवारी खारेज समेत गर्न सक्छ । त्यसैले यो प्रत्यक्ष निर्वाचन प्रणालीको लागि महत्वपूर्ण दिन हो । 

यसरी सोमबार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको लागि नै कार्यतालिकाका हिसावले महत्वपूर्ण दिन मानिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ