arrow

बाग्लुङमा एमाले, माओवादी र जनमोर्चासँग काँग्रेस एक्लै लड्दै, गठबन्धनमा बागी बिगबिगी

logo
नारायण रिजाल, 
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
baglung.jpg

बाग्लुङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि बागलुङ जिल्लामा क्रियाशील राजनीति पार्टीले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन् । नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच बामपन्थी गठबन्धन गरी संयुक्त रूपमा उम्मेदवारी दिएका छन ।

यस्तै नेपाली काँग्रेसले भने छुट्टै रुपमा आ–आफनो उम्मेदवारी दर्ता गराएको छ । बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसबाट सहकारी तथा गरिबी निबारण राज्यमन्त्री चम्पादेबी खड्का, एमालेबाट डाक्टर सुर्य पाठक, संघीय समाजबादी फोरमका महेन्द्र जिसी, राप्रपापा राष्ट्रबादीका सुमनजंङ राजभण्डारी, मालेका निरबहादुर क्षेत्री, नयाँ शक्तिको कृष्णप्रसाद शर्मा, स्वतन्त्र उमेदवार धनबहादुर बिक, देशभक्त जनतान्त्रिक पार्टीका निलबहादुर पुनले स्वतन्त्र उम्मेदवार गंगा थापा र पुर्णबहादु पौडेल क्षेत्रीको उम्मेदवारी दर्ता गराएका छन ।

साझा उम्मेदवार अघि सरेको एमाले र माओवादी भित्र गठबन्धका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै बागी मनोनयन समेत दर्ता भएको छ । निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा माओवादी र प्रदेश सभा सदस्यमा एमालेबाट यस अघि माओबादी र एमालेमा रहेकाको  स्वतन्त्र उम्मेदवारी परेको हो । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका नेता धनबहादुर विक ‘हिमाल’ र प्रदेश सभा–२ मा एमालेका ददिराम शर्मा पार्टीले अघि सारेका उम्मेदवारको बागी बनेका छन् ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (१) बाट नेपाली काङ्ग्रेसका जिल्ला सभापती दिपेन्द्र बहादुर थापा, एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, सङघिय समाजबादी फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा, नयाँ शक्तिका कृष्ण् शर्मा (२) बाट नेपाली काङ्ग्रेसका निबर्तमान सांसद प्रकाश पौडेल, रास्ट्रिय जनमोर्चाका कृष्ण थापा, सङघीय समाजबादी फोरमका रमादेबि शर्मा, नयाँ शक्तिका युनिस मियाले उमेदवारी दर्ता गराएका छन ।

बागलुङको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसबाट पुर्ब सांसद निरज पुन, नेकपा माओबादी केन्द्रबाट माओबादीका केन्द्रीय नेता देबेन्द्र पौडेल, सङघीय समाजबादी फोरमका यम बहादुर घर्ती मगर, आमुल परिवर्तन मसिहा पार्टी नेपालका बाबुराम पाण्डे देशभक्ती जनगणतान्त्रिक नेपालका निलबहादुर पुन र स्वतन्त्र उम्मेदवारको रूपमा यस अघि माओबादी केन्द्रमा रहेका धनबहादुर बि.क.ले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा (१) नेपाली काङ्ग्रेसका मन्जेश बम मल्ल, माओबादी केन्द्रबाट चन्द्र बहादुर बुढा सङघीय समाजबादीका वीर बहादुर दर्जि, प्रदेश (२) बाट नेपाली काङ्ग्रेसका जीत शेरचन, राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती, सङघीय समाजबादी फोरम नेपालबाट यम कुमार पुन, नयाँ शक्तिको टेकबहादुर कुँवर र आमुल परिवर्तन मसिहा पार्टी नेपालका दिलबहादुर बि.क.ले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।  यसैबीच नेकपा एमालेका दधिराम शर्माले बागी उमेदवारी दिएका छन् ।

बागलुङ क्षेत्र नम्बर २ (२) बाट राजमो सँगको तालमेल पहिले नै बाम गठबन्धनका लागि  प्रदेशको लागि सिफारिस भएका शर्माले असुन्तुष्टी जनाउदैँ उमेदवारी दिएका हुन् । एमाले, माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारमा सिफारिस भएपनि जनमोर्चा संग तालमेल भएपछि शर्मालाई पछि हटाउदैँ गठबन्धनले जनमोर्चालाई सिट दिएको छ । यस्तै उमेदवारी दर्ता गराएपछि राजनीतिक दलहरुले कोण सभाको आयोजना गरेका थिए । बागलुङ जिल्लामा यसपटकको निर्वाचनमा नेपाली काङ्ग्रेस र बामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । निर्वाचनमा मनोनयन दर्ता गर्न बामपन्थी गठबन्धन नेकपा एमाले, माओबादी केन्द्र, राजमो र नेपाली काङ्ग्रेसले नाराजुलुस सहित मुख्य निर्वाचन कार्यालयमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ