arrow

बाबुरामको विरोधमा अभिव्यक्ति दिन थाले नारायणकाजी

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
narayankaji-shrestha-maobadi.jpg

गोरखा ।  गोरखा २ बाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन्। 

गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलमात्र नभई पार्टी पनि एकता गर्ने सहमति भइसकेको श्रेष्ठले जानकारी दिए। 

पर्यटन, शिक्षा, जडीबुटी व्यवस्थापन गर्दै गोरखा विकासमा नमूना जिल्ला बनाउने दावी श्रेष्ठले गरे । सदरमुकाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने,“बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका थियौँ । उहाँकै प्रवृत्तिले छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ