arrow

उम्मेदवार सघाउन गएका काँग्रेस नेता नाटकीय रुपमा सम्पर्कविहीन

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
Chitawan_14_kilo_bataa_loss_bhayaka_nc_mamber_Jayabdr_Thapa_-_Copy.jpg

बाजुरा । नेपाली कांग्रेस जिल्ला कार्य समिती बाजुराका सदस्य एवं पूर्व सचिव जयवहादुर थापा दुईसाता देखि सम्पर्क विहिन भएका छन् । थापा गत असोज २२ गते चितवनको १४ किलो भन्ने ठाउँबाट  सम्पर्क विहिन भएका हुन् । धनगढीबाट काठमाण्डौं तिर गएको ६४०४ नम्बरको बसमा सवार थापा चितवनको १४ किलो नजिक सडक जामपरेको बेला पिसाब गर्न बसवाट झरेको यात्रामा सँगैरहेका नरवहादुर रावलले बताए । जाम खुलेपछि थापाको खोजी गरेको तर उनी नभेटिए पछि टेलिफोन सम्पर्क भएको बताइएको छ । 

फोन सम्र्पक गर्दा तिमिहरु जानु म अर्को गाडीमा आउँछु भनेका थिए । तर, थानकोटबाट फेरि फोन गर्दा म बाटोमा छु तिमीहरु जाँदै गर भने पछि आफू काठमाण्डौं आएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले बताए । सार्वजनिक बस भएकोले घण्टौंसम्म बस रोक्न सक्ने अबस्थापनि थिएन पण्डितले भने । “सोही दिन दिउँसो तीन बजेतिर कहाँ हुनुहुन्छ भनि फोन गरेँ । म जहाँ थिए त्यही छु भन्ने जवाफ दिएर फोन काट्नुभयो” थापाकी धर्मपत्नी कल्पना थापाले भनिन् । त्यही अन्तिम टेलिफोन सम्पर्क हो । त्यसपछि कहाँ जानुभयो केही पत्तो छैन, उनले भनिन् । 

नेता, प्रहरी सबैलाई गुहार्दा पनि यतिका दिनसम्म राज्य सरकारवाट खासै पहल भएन उनले गुनासो गरिन् । साथै श्रीमान्को खोजीमा सहयोग गरिदन मिडिया लगायत सम्बद्धसबैसँग अनुरोध पनि गरेकी छन् । काठमाण्डौं पुग्दासम्म थापा सम्पर्कमा नआएपछि काठमाण्डौंबाट नरवहादुर रावललाई खोजी कार्यमा पठाएको थिए । मुग्लिनदेखि चितवन नारायणगढसम्म दुई हप्तादेखि निरन्तर खोजीमा छौं । तर भेटिएका छैनन् रावलले भने । 

थापाको खोजी कार्य तीब्र पार्न भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले हुलिया सहितको विवरण जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक जगदिश भट्टले बताए । विस्तृत जानकारी पाउन नेपाल टेलिकमबाट कलडिटेल पनि मागेका छौं । थापासँग अन्तिम कल मुग्लिनबाट भएको कल लोकेशनबाट  थाहा भएको छ । थापालाई मानसिक रोग छ भन्ने थाहाहुँदा हुँदै सँगै गएका साथीले नछोड्न नहुने गुनासो उनका भतिजा जनकवहादुर थापाले गरे ।  

थापाका  आफन्तजनले दुई सातादेखि चितवन मुग्लिन खण्डमा निरन्तर खोजी गरिरहेका छन् । बाजुराबाट थापाका दाइ रुद्र थापा भाउजु धनी थापा र उनकी पत्नी कल्पना थापा पनि खोजीमा गएका छन् । थापा हराएपछि घरमा रुवावासी चलेको छ । बाजुराबाट नेपाली काँगे्रसका उम्मेदवार छनौटमा सघाउन भन्दै गत असोज २० गते घरबाट काठमाण्डौं तिर हिडेका थिए । अत्तरीया बसबाट झर्दा बेहोस भएका थापालाई घरफर्काउने प्रयत्न गरेको तर नटेरेपछि उनी बसमा काठमाण्डौं तिर लागेको धनराज पण्डितले बताए । 

उनको पारिवारिक श्रोतले दिएको जानकारी अनुसारः पछिल्लो समयमा थापाको मानसिक अबस्था त्यति राम्रो नभएको बताएका छन् । मुग्लिनबाट पोखरा तिर गएको हुनसक्ने अनुमान छ। यद्यपी हालसम्म थापाको अवस्थावारे कुनै जानकारी आएको छैन । थापाको खोजी कार्य तीब्र पार्न राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गर्न नेपाली काँग्रेस बाजुराले एक विज्ञप्ती मार्फत अपिल गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ