arrow

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यको स्वागतमा घरघरमा दीपावली गर्नुपर्ने !

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
rastriya_janabidroha_samiti_(2).jpg

काठमाडौं । गत शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको छ । समितिले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वराजा शाहले दिएको वक्तव्यको स्वागतार्थ घर–घरमा दिपावली गर्नसमेत आग्रह गरेको हो ।

पूर्वराजा शाहले शनिबार मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनताले चाहे आफूले नेतृत्व लिन तयार रहेको आशयसहितको वक्तव्य दिएका थिए । सो वक्तव्यलाई २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको हो ।

वक्तव्यलाई राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य नेपाल स्थापनार्थ २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ । ‘श्री ५ बाट बक्सेको समय सापेक्ष सारगर्भित वक्तव्य स्वाधिन नेपाल र नेपालीको हितमा आएको ठहर गर्दै राजसंस्था सहितको वैदिक सनातन हिन्दू अधिराज्य नेपाल स्थापनार्थ २१ दलीय राष्ट्रिय जनविद्रोह समितिले शीघ्र गर्ने राष्ट्रिय जनविद्रोहमा सरिक भई राष्ट्र र धर्म बचाउन आम देशभक्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोधका साथ आह्वान गर्दछौं ।’ 

पत्रकार सम्मेलनमा समितिका संयोजक विष्णु कुमार प्रसाईद्वारा हस्ताक्षरित जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ