arrow

अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइयो 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
mustangIbagh.jpg

मुस्ताङ । "मुस्ताङ जिल्लाको एकता, हिउँ चितुवा जोगाउने प्रतिबद्धता" भन्ने मुल नाराको साथमा सोमबार हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोममा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस भव्य रुपमा मनाइएको छ । हरेक वर्षको २३ अक्टोबरमा अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाउने गरिन्छ । 

सोमबार बिहान करिब ७:३० बजे हिउँ चितुवा संरक्षण सम्बन्धी नारा सहित संरक्षण र्‍यालीको आयोजना गरी जोमसोम गाउँ परिक्रमा गरिएको थियो । र्‍यालीमा जोमसोम स्थित श्री जनहित माध्यमिक विद्यालय र श्री धौलागिरी आवासीय विद्यालयका विद्यार्थीहरु, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, पर्यटक प्रहरीबाट सुरक्षाकर्मीहरु सहभागी भएका थिए । स्नो लियोपार्ड कन्सरभेन्सी, ग्लोबल प्राइमेट नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण कोष- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  

मुस्ताङ जिल्लामा पहिलो पटक नै अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइएको हो । जोमसोम स्थित दुई  विद्यालयका विद्यार्थीहरु बिच हिउँ चितुवा संरक्षण निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो र र्याली पश्चातको औपचारिक कार्यक्रममा उक्त निबन्ध प्रतियोगिताको नतिजा र पुरस्कार वितरण गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा घरपझोङ गाउँपालिकाकी उप प्रमुख शर्मिला गुरुङलाई प्रमुख अथिति रुपमा आसन ग्रहण गराइएको थियो । 

हिउँ चितुवा लोपोन्मुख भएको हुदा यसको संरक्षणमा लागि पर्नु पर्ने र यसको संरक्षण धेरै चुनौतीपुर्ण पनि भएकोले झन् अझ धेरै मेहेनत गर्नुपर्ने ग्लोबल प्राइमेट नेटवर्कका प्रमुख गंगाराम रेग्मी बताउँछन्। 

हिउँ चितुवा संरक्षणमा जनचेतना फैलाउने तथा कार्यक्रममा मुख्य रुपमा विद्यार्थी र सुरक्षामा आवश्यक सुरक्षा निकायहरुको भुमिका हुने भएकोले पनि र्यालीमा उनीहरुलाई नै समावेस गरिएको एक्यापकी रेन्जर धनु गरुङले जानकारी दिइन् । यहाँका वन्यजन्तु र स्थानीय विच भइरहेको द्वन्दले पनि एक मुख्य समस्या  परिरहेको र यसलाई नियन्त्रण गर्न विभिन्न रुपमा बिमा कार्यक्रम तथा अन्य वैकल्पिक उपायहरुको व्यवस्था गर्नुपर्ने भएको रेन्जर गुरुङले जोड दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ