arrow

जाडोको लागि जुत्ता चाहिए भृकुटीमण्डपमा जाउँ, शिखरको क्रेजी सेल मेलामा अपत्यारिलो अफर

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
shikhar-crazy-mela.jpg

काठमाडौं। नेपालको नम्वर वान फुटवेयर व्राण्ड शिखर सुजले जाडो मौसमलाई लक्षित गरेर काठमाडौंमा शिखर क्रेजी सेल मेला शुरु गरेको छ। अपत्यारिलो अफर लिएर शिखरले शुरु गरेको क्रेजी सेल मेलामा सय रुपैयाँ माथिका चप्पल जुत्ता विक्रिमा राखिएको छ। 

शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पलहरु मेलामा राखिएको बताए। २० दिनसम्म सञ्चालनमा रहने मेलामा जाडोका लागि लक्षित कपडा तथा  छालाका जुत्ता चप्पलहरु रहेको प्रसाईले बताए। उनले भने, ' मेलामा छानी छानी कपडाको जुत्ता तथा स्पोर्टस सुजहरु रोजेर लिन सकिन्छ। '

मेलामा राखिएका जुत्ताहरुमा विशेष छुट समेत रहेको शिखरले जनाएको छ। मेलामा  ५० भन्दा वढी नयाँ आइटम सहित पाँच सय भन्दा बढी डिजाइनका जुत्ता राखिएका छन्।

वालवालिकाको तथा डिएमएस जुत्ता भारी छुटमा विक्री भइरहेको कम्पनीका निर्देशक संगीता कडरिया प्रसाईले बताइन। 

जेन्टस तथा लेडिज स्पोर्टस सुजमा विशेष छुट रहुको निर्देशक कडरियाले बताइन। उनले भनिन, '  मेलामा राखिएका सबै किसिमका जुत्ता चप्पल छुटमा विक्री भइरहेको एवं वच्चाको तथा डिएमएस जुत्तामा भने भारी छुट रहेको छ।'

मेलामा एक सय देखि माथिका जुत्ता चप्पलहरु राखिएका छन्। 

कार्तिक २५ गतेसम्म सञ्चालनमा आउने मेला विहान ८ देखि साँझ ७ वजेसम्म सञ्चालनमा आउने निर्देशक कँडरियाले बताइन।

मेलाको नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरे। 

उद्घाटन मन्तव्य राख्दै थापाले नेपाली उद्यमीहरुलाई प्रवर्द्धन गर्ने नीति सरकारले ल्याउनुपर्ने बताए। जुत्ता उद्योगको कच्चा पदार्थ छाला अहिले पनि विदेशबाट आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै थापाले नेपालीहरुले आफ्नो खाने वानीमा परिवर्तन ल्याउन नसक्दा जुत्ता उद्योगको कच्चा पदार्थ छाला खेर गइरहेको बताए। 

थापाले भने,  " एकातिर स्वास्थ्यलाई फाइदा नगर्ने छाला खाँदा अर्कातिर हामी जुत्ता बनाउन विदेशबाट छाला आयात गरिरहेका छौं ।"  

छाला भएको मासु खान प्रतिवन्ध लगाउँ भन्दा आफूले नसकेको प्रसङ पनि उनले सुनाए। थापाले भने, " आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने र देशको अर्थतन्त्रलाई पनि योगदान दिने हो भने छाला भएको मासु खान छोड्नुपर्छ। देशले छाला आयातमा खर्चिएको रकम स्वत घट्छ। "

पूर्वमन्त्री थापाले न्यून विजकीकरण र चौरी पैठारीलाई निरुत्साहित गर्दै नेपाली जुत्ता उद्योगको प्रवर्दनमा सरकारले ध्यान दिनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आयातमुखी भन्दा देशभित्रका उद्योगको प्रवर्द्धन गर्ने सरकारको नीति हुनुपर्ने बताए। नेपाली जुत्ता उद्योग देशको माग पुरा गर्न सक्षम भएपनि नीतिगत समर्थन नपाउँदा समस्यामा परेको बताए। उनले नेपाली जुत्ता उद्योगको प्रवर्द्धनमा शिखर जस्ता कम्पनीहरुसँग सहकार्य गरेर अघी बढ्न महासंघ तयार रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ