arrow

चुनावकालागि दीपकुमारलाई बाटो खुल्यो

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
deep-kumar-upadhyay-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि वाटो खुला भएको छ। कांग्रेसको नेतृत्व तहमा रहेका उपाध्याय २ बर्ष अघि भारतकालागि नेपाली राजदूत भएका थिए।

उनले दशैं लगत्तै पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका थिए। तर राजीनामा स्वीकृत नभइसकेकाले औपचारिक रुपमा कपिलवस्तुको कुन क्षेत्रबाट चुनाव लड्ने बताएका थिएनन्। यसअघिकै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत भइसकेको खबर पाएपछि उपाध्यायले अब चुनावी तयारी सुरु भएको जानकारी दिए।

‘आफू विगतमा पनि नेपाली जनताको सेवामा रहेकाले आगामी दिनमा पनि यसैमा लाग्ने बताए। केही समय कुटनीतिक मर्यादामा रहेर अनुभव हासिल गरेकाले उक्त अनुभव आगामी दिनमा प्रयोग गर्ने छु’ उपाध्यायले भने। उनले कुटनीतिक मर्यादमा रहँदा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै आगामी दिनमा आफ्नो कार्यको मुल्यांकन हुने विश्वास पनि व्यक्त गरे।

पहिला राजदूत पदमा आसिन रहेकाले कपिलवस्तु कांग्रेसले उनको नाम उपाध्यायकै आग्रहमा सिफारिस गरेको थिएन। उनले राजीनामा स्वीकृत नहुँदा सम्म गलत सन्देश जाने भन्दै पार्टी सभापति शेरबहादुर देउवासँगको सहमतिमा सिफारिस रोकेका थिए। भारत भ्रमणमा रहँदानै प्रधानमन्त्री देउवाले उपाध्यायलाई सवै कुरा मिलाएर नेपाल फर्कन आग्रह गरेका थिए। सोही अनुसार सवै औपचारिक कार्यक्रम पुरा गरि शुक्रबार काठमाडौ आएका उपाध्याय अहिले जिल्लाका नेता तथा कार्यकर्तासँगको छलफलमा जुटेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ