arrow

चुनाव हुनु अघि नै ४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने गुरुङको दावी

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
Prithivi_subba_intervew3658.jpg

बेंसीशहर, लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताए। 

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गरे। नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको बताए । 

लोकतन्त्र रक्षाका लागि काँग्रेस 
त्यस्तै, नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रको रक्षाका लागि अहिलेको निर्वाचन काँग्रेसले जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक पक्षधर उम्मेदवारले बेंसीशहरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकले चाहेको स्वतन्त्रता, समानता, देशको अखण्डता र सम्पन्नताका लागि काँग्रेस जिम्मेवार रहेको बताए‌। 

कार्यक्रममा प्रदेशसभा कका उम्मेदवार गर्जबहादुर गुरुङले सम्भावना भएर पनि विकास हुन नसकेको जिल्लामा आफू निर्वाचति भएपछि समग्र विकासले छलाङ मार्ने जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ