arrow

श्रीलंकाविरुद्ध पाकिस्तानको क्लिनस्विप, पाँचौं खेलमा ९ विकेटले विजयी

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
pakistan-cricket.jpg

शारजहाँ । श्रीलंकाविरुद्धको पाँचौं तथा एक दिवसिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । यो जितले पाकिस्तानले क्लिनस्विप गरेको छ । 

पाँचौं खेल जितका लागि पाएको १०४ रनको लक्ष्य पाकिस्तानले २०.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । 

इमाम उलहकले नटआउट ४५ तथा फखर जमानले ४८ रन बनाए । 

यसअघि कमजोर ब्याटिङ गरेको श्रीलंकाकाले २६.२ ओभरमा अलआउट भएर १०३ रन बनायो । 

युएईको शारजहाँमा भएको खेलमा चार खेलाडीलेमात्र डबल स्कोर खडा गरेका थिए । थिसरा परेराले २५ रन बनाए । 

म्यान अफ द म्याच उस्मान खानले ३४ रन दिएर ५ विकेट लिए । हसन अली र शदाब खानले २–२ विकेट लिए ।

हसन अली प्लेयर अफ द सिरिज बने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ