arrow

'आइ क्याप फोर चितवन' अभियान शुरु

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
eyes-checked-regularly.jpeg

चितवन ।  जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने 'आइ क्याप फोर चितवन' अभियान शुरु गरिएको छ । 

पटक पटक नेपाल घुम्न आएकी जर्मनेली स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर ९ को अगुवाइमा सो अभियान शुरु गरिएको हो । 
'बिना दृष्टि अधूरो सृष्टि' भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका ८ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर शुरु गरिएको छ । 

अभियान रत्ननगरका तीन स्थान, कालिका नगरपालिकाका दुई तथा भरतपुर महानगर, राप्ती नगरपालिका र माडी नगरपलिकाका एक एक स्थान गरी आठ स्थानमा शिविरमार्फत आँखाको परीक्षण शुरु गरिएको हो । सोमबार रत्ननगरको जिरौनामा दुई सय ५६ जनाको आँखाको परीक्षण र समस्या देखिएकालाई उपचार गरेर अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिको आँखा परीक्षण गरिनेछ । 

एक दिन बिराएर आठ ठाउँमा पहिलो चरणमा शिविर गरिने छ । काट्रियले आफू नेपालका विभिन्न ठाउँमा घुम्न आएकामा सबैभन्दा धेरै चितवनमा आँखाका समस्या भएका बिरामी भेटेको भन्दै जर्मनीमा विभिन्न नागरिकबाट सहयोग तथा चन्दाबाट संकलित रकमबाट शिविर शुरु गरिएको बताइन् ।

अभियानका संयोजक तथा पुनःस्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बिरामीको समस्या पहिचान गरी उपचार गर्ने र शिविरमार्फत निःशुल्क चश्मादेखि औषधि वितरण र सबै उपचार खर्च बेहोरिने व्यवस्था मिलाइएको बताए। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ