arrow

 मतदाता शिक्षा प्रभावकारी बनाउन आग्रह

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg

विराटनगर । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारीका सम्बन्धमा मंगलबार विराटनगरमा सर्वदलीय भेला आयोजना गरिएको छ । 

निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा निर्वाचन व्यवस्थित, भयरहित र निष्पक्ष वातवरणमा सम्पन्न गर्ने विषयमा सरोकार भएकाहरुबीच छलफल भएको थियो । 

भेलामा आचारसंहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनीतिक दलले पालना गर्नुपर्र्ने आचारसंहिता एवं निर्वाचनसम्बन्धी गतिविधिका विषयमा छलफल भएको थियो । 
मोरङका प्रजिअ रामप्रसाद आर्चायले निर्वाचन भयरहित एवं निष्पक्ष बनाउन चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको बताए । मोरङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले निर्वाचन आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्नेमा जोड दिए । 

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले संघीय निर्वाचनलाई सफल बनाए मात्र संविधान कार्यान्वयन हुने बताए। भेलामा राजनीतिक दलका नेताले आचारसंहिता कार्यान्वयनमा निर्वाचन कार्यालयको ध्यान दिनुपर्ने बताउँदै स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकाले यसतर्फ विशेष ध्यान पुर्याउन निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए । 

आयोगका क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिनुभएको थियो । मोरङ जिल्लामा नेपालकै सबैभन्दा बढी छ लाख ४४ हजार ७८२ मतदाता छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ