arrow

मोहन बस्नेतलाई गृह र ज्ञानेन्द्र कार्कीलाई परराष्ट्रमन्त्री बनाउने तयारी

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
gyanendra_mohan.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले दुई मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । माओवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई विनाविभागीय बनाएपनि प्रधानमन्त्री देउवाले खाली रहेको परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयकोे जिम्मेवारी क्रमशः अर्थमन्त्री ज्ञानेन्द्र कार्की र सञ्चारमन्त्री मोहन बस्नेतलाई दिने तयारी भईरहेको देउवा निकट स्रोतले जानकारी दिएको छ । 

पछिल्लो पटक राप्रपालाई सरकारमा सहभागी गराएपछि अध्यक्ष कमल थापालाई उपप्रधानसहित ऊर्जा, जयन्त चन्दलाई आपूर्ति, दीलनाथ गिरीलाई सहरी विकास र विक्रम थापालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिएका मन्त्रीले बाँकी रहेका दुई मन्त्रालयमा पुरानै मन्त्रीहरुलाई जिम्मेवारी दिन लागिएको हो। 

कार्की र बस्नेत क्रमश: अर्थ र सञ्चारमन्त्री हुन् । उनीहरुलार्इ पुरानै जिम्मेवारी माथि यी दुर्इ मन्त्रालयको जिम्मेवारी थप्ने भन्ने विषयमा चर्चा चलिरहेको छ । यद्यपि आधिकारिक रुपमा यो निर्णय भने भर्इ नसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ