arrow

राष्ट्रपतिको फोनले झन दुःखी बनायो : जनसन

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार

वासिङ्टन । आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् । 

यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड । 

सो क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापकता रुपमा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गरेको बताइएको छ । 

त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुखेसो उनले पोखेकी छिन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छिन् । 

उनले भनेकि छिन्– मेरा श्रीमानले देशको लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ । 

डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार सो दुखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन् । 

डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो । 

नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ