arrow

नेपालको शान्तिप्रक्रियाको सफलताको कथा विश्व समुदायलाई सुनाउनु पर्छ :राजदूत शेफेर

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
shanti-samjhauta.jpeg

काठमाडौं ।  नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफेरले नेपालको सामाजिक एवं आर्थिक उन्नयनका लागि जर्मनीले हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

राष्ट्रपतिसमक्ष सोमबार मात्र ओहोदाको प्रमाणपत्र पेश गरी मंगलबारदेखि औपचारिक रुपमा कार्यारम्भ गरेका  उनले कूटनीतिक मामिलामा कलम चलाउने केही सञ्चारकर्मीसँग मंगलबार आफ्नै निवासमा कुरा गर्दै जर्मनी र नेपालबीच सहयोग, सम्बन्ध र सम्पर्क अभिवृद्धि आफ्ना प्राथमिकता हुन् भने । 

नेपालमा जर्मनीको लगानी प्रवद्र्धन पनि उत्तिकै प्राथमिकताको विषय भएको स्पष्ट गर्दै राजदूत शेफेरले संक्रमणकालको अन्त्यसँगै लगानीको वातावण बन्नेमा आफू विश्वस्त रहेको बताए । 

निष्कर्षोन्मुख शान्तिप्रक्रिया, संविधानसभाबाट जारी संविधान र त्यसको कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई उपलब्धिका रुपमा चित्रण गर्दै उनले आगामी महिना हुने संघ र प्रदेशको निर्वाचनले लोकतन्त्रको जग सुदृढ तुल्याउने बताए । उनले भने, “लोकतन्त्रको सुदृढीकरणका निम्ति पनि नेपाललाई हाम्रो सहयोग निरन्तर रहनेछ ।” 

शान्ति प्रक्रियाबारे विश्वलाई भन्नुपर्छ 

नेपालको शान्तिप्रक्रियाको सफलता विश्वका निम्ति उदाहरणीय नमूना भएको बताउँदै उनले त्यसबारेमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउन आवश्यक भएको विचार व्यक्त गरे । विश्वका द्वन्द्वग्रस्त मुलुकले शान्तिको मार्गमा अग्रसर हुन नेपालबाट धेरै सिक्न सक्ने उनको आशय थियो । 

उनले शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न जर्मनीले सक्दो सहयोग गर्ने दृढता व्यक्त गरे । युरोपेली संघ र अर्जेन्टिनालगायत मुलुकमा जर्मनीको राजदूतका रुपमा सेवा गरिसक्नुभएका उनले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका राष्ट्रका बीचमा अवस्थित नेपालले ती देशबाट आर्थिक समृद्धि हासिल गर्न अथाह लाभ लिन सक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ