arrow

दलहरुलाई महिला उमेद्वार बनाउन दवाव; महिला संघकी महासचिव धना ललितपुर ३ बाट प्रस्तावित

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
dhana-khatiwada.jpg

काठमाडौं। पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा दलहरुले  महिला उमेद्वार नगन्य रुपमा खडा गरेपछि सर्वत्र नकारात्मक टिप्पणी भएको छ। नेकपा एमालेले आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व गरेर एक जना पनि उमेद्वार बनाएन भने माओवादीले जम्मा एकजनालाई उमेद्वार बनायो। काँग्रेसले पनि जम्मा दुई जना मात्र बनायो। 

राजनीतिमा सक्रिय महिला धेरै भएपनि दलहरुले प्रत्यक्षतर्फ उमेद्वार नबनाएपछि दलभित्र कार्यकर्ताहरुको तहमा र दल बाहिरका अधिकारकर्मीहरुले टिप्पणी गरेका छन्। । दलहरुले महिला नेतृहरुलाई प्रत्यक्षमा उमेद्वार नबनाएपछि तिनका नेतृत्व तहलाई पनि दवाव परेको छ। राजनीतिक दलका कार्यकर्ताहरुले भन्दा पनि आम मतदाताको तहबाट महिलालाई उमेद्वार बनाउन दवाव परेपछि नेतृत्व पनि यसबारेमा पूनर्विचार गर्ने तहमा पुगेको छ। 

पहिलो चरणमा केहि कमजोरी भएपनि दोस्रो चरणमा उमेद्वार बनाउँदा पार्टीभित्र क्षमता राख्ने महिला नेतृहरुलाई उमेद्वार बनाउनेतर्फ यतिखेर पार्टी नेतृत्व विचार गर्ने अवस्थामा पुगेको छ।  एमालेले महिलालाई उमेद्वार नबनाउँदा महिला विरोधी पार्टी भएको आरोप लागे झै काँग्रेसलाई महिला मैत्री पार्टी बनाउनुपर्ने सुझाव पनि दिइएको छ। 

यहि बीचमा नेपाल महिला संघकी महासचिव धना खतिवडालाई ललितपुर ३ बाट प्रत्यक्षमा उमेद्वार बनाउन संगठित पहल शुरु भएको छ। स्थानिय नेता कार्यकर्ताहरु धनालाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फकै उमेद्वार बनाउन लविङमा लागेका छन्। 

महिला संघकी निर्वाचित महासचिव तथा पार्टीकी महाधिवेशन प्रतिनिधी रहेकी धना प्रत्यक्षमा उमेद्वार बन्न लागिपरेकी जुझारु नेतृ हुन्। महिला संघकी अधिकांश नेतृहरु प्रदेश सभा र समानुपातिकतर्फ लागिरहँदा धनाले प्रतिनिधि सभामा उमेद्वार बन्ने आँट गरेर लागिपरेकी छिन्। 

विगतमा पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानममा बसेर देशभर प्रशिक्षकको भुमिकामा रहि काम गरेकी धना त्यहि उत्साहले आफूलाई उमेद्वार बन्न प्रेरित गरेको बताउँछिन। स्थानिय नेता कार्यकर्ताहरुको साथ पाएपछि उनको उमेद्वारीको दावी अझ वलियो भएको छ। 

ललितपुर महानगरपालिका १५ खुमलटारकी वासिन्दा र त्यहिबाट पार्टीको नेतृत्वमा निरन्तर लागिपरेकी छन्। 

कार्यकर्ता तहमा भने धना उमेद्वार भएको अवस्थामा निवर्तमान सांसद तथा काँग्रेस जिल्ला सभापति मदन बहादुर अमात्यको भुमिका के हुन्छ भन्ने प्रश्न पनि उठेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लगत्तै हुने राष्ट्रिय सभामा मदन दाई जस्तो वरिष्ठ नेतालाई लैजानु पर्ने उपाय एकथरि काँग्रेसका शुभेच्छुकहरुले सुझाएका छन्। 

काँग्रेस संसदीय वोर्ड पनि महिलालाई उमेद्वार नै नबनाएको आरोपलाई चिर्न र मदन अमात्य जस्तो त्यागी नेतालाई भुमिका विहिन नबनाउन के गर्दा उपयुक्त हुन्छ भन्नेमा विमर्शमा रहेको छ।

स्थानिय कार्यकर्ताहरुले एउटालाई उमेद्वार र एकजनालाई राष्ट्रिय सभामा लगेर राजनीतिक व्यवस्थापन गर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन्। यसबारेमा काँग्रेसको वोर्डले कसरी निर्णय गर्छ त्यो भने केहि दिनमा ज्ञात हुने नै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ