arrow

निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्छ : गच्छदार

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । उपप्रधान एंव स्थानिय विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस र लोकतान्त्रीक फोरमबीचको एकताले लोकतान्त्रीक शक्ति थप मजवुद भएको वताएका छन् । 

नेपाली कांग्रेस मोरङले मंगलबार विराटनगरमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै गच्छदारले लोकतन्त्रलाई सुद्धिढ बनाउदै संविधान कार्यान्वयनमा दुवै पार्टिबीचको एकताले थप सहयोग पुग्ने दावी गरे।
 
गच्छदारले लोकतान्त्रीक शक्तिबीचको एकताका कारण अव हुने निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी वन्ने दावी गरे। उपप्रधानमन्त्री गच्छदारले मुलुकको आर्थिक समाजिक विकासका लागी निर्वाचन अपरिहार्य रहेको भन्दै निर्वाचनलाई सफल बनाउन सवैलाई आग्रह गरे।
 
कार्यक्रममा वोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले वाम एकताका नाममा एमाले र माओवादीले मुलुकलाई उल्टोवाटो तर्फ हिडाउन  खोजेको बताए । उनले नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीचको एकताले तराइ, मधेश, तथा हिमाल पहाडको भावनाको सम्वोधन भएको वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  गुरुराज घिमिर, डिला संग्रौला तथा नेपाली कांग्रेस मोरङका सभापति डिकवहादुर लिम्वु, नेता भक्तिनाथ माझीले दुवै पार्टीको एकिकरणले पार्टी कार्यकर्ताहरुमा  थप उर्जा मिलेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ