arrow

नाङ्लो बेकरीको केक पेस्ट्रि उत्पादन केन्द्रमा सिलबन्दी

नाङलो बेकरी प्रा.लि., सानेपाको नाममा अनुज्ञापत्र नभएको साथै हाइजिनिक अवस्था समेत सन्तोषजनक नपाइएकोले सिलबन्दी गरिएको जनाइएको छ ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
khadya.gif.gif
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले नाङलो बेकरी प्रा.लि.को सानेपा स्थित उक्त केक पेस्ट्रि उत्पादन स्थलमा सिलबन्दी गरेको छ ।

दि बेकरी क्याफे, नयाँबानेश्वरबाट खरिद गरेको केक खाएर बान्ता भएको भन्ने उपभोक्ताको उजुरीको आधारमा विभागको निरिक्षण टोलीले दि बेकरी क्याफे, नयाँ बानेश्वरमा निरिक्षण गर्दा नाङलो बेकरी प्रा.लि., सानेपाबाट दैनिक रुपमा केक खरिद गर्ने र विक्री नभएको अर्को दिन फिर्ता गर्ने गरेको भनिए पनि सोको अभिलेख प्रमाण क्याफेले पेश गर्न नसकेको पाइएको विभागले जनाएको छ ।

अनुसन्धानबाट उक्त केक नाङलो बेकरी प्रा.लि. ठैवको शाखाको रुपमा सानेपास्थित केक पेस्ट्रि उत्पादन गर्ने कारखानाबाट उत्पादन  भएको र उक्त उत्पादन स्थलले अनुज्ञापत्र नलिएको खुल्न आएको तथा संकलित केकको नमुनाको विश्लेषण प्रतिवेदनले हाइजिनिक अवस्था समेत सन्तोषजनक नरहेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।  

नाङलो बेकरी प्रा.लि. ठैवले अनुज्ञापत्र लिएको तर खाद्य नियमावली २०२७ को नियम ३० अनुसार छुट्टै उत्पादन स्थानले समेत अनिवार्य अनुज्ञापत्र लिनुपर्ने व्यवस्था भएकोमा नाङलो बेकरी प्रा.लि., सानेपाको नाममा अनुज्ञापत्र नभएको साथै हाइजिनिक अवस्था समेत सन्तोषजनक नपाइएकोले सिलबन्दी गरिएको जनाइएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ