arrow

इन्डोनेसियामा ६.६ रेक्टर स्केलको भूकम्प, सुनामीको खतरा टर्यो

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
earthquake-FNL-new.jpg.jpeg

जाकार्ता । इन्डोनेसियामा मङ्गलबार ६.६ रेक्टर स्केलको भूकम्प गएको छ । 

यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागका अनुसार भूकम्पपछि सुनामी आउने सम्भावना भने टरेको जनाएको छ । 

स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए । 

भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको उनले जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ