arrow

सिरियाली शरणार्थीबारे राष्ट्रसंघ भन्छ – भविष्य उनीहरूकै मातृभूमिमा छ

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
United-Nations-Security-Council11-pardaphash-96008.jpg.jpeg

बेरुत । सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । 

लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले भने, “लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक थियो । तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने मुलुक होइन । शरणार्थीको भविष्य लेवनान होइन, उनीहरूकै मातृभूमि हो ।” 

उनले भने, “सिरियाली सङ्कटपछि लेवनानमा सिरियाली बोझ धान्न हामीले राष्ट्रसंघको सहयोगलाई बढाएका थियौँ । अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायले लेवनानी सरकारलाई सहयोग गर्दै आएको छ र लेवनानी बासिन्दाको रोजगारीको व्यवस्था र शरणार्थीको सुरक्षित गरेका थियौँ ।” 

अबको तयारी शरणार्थीलाई सुरक्षित सिरिया पठाउने हुनेछ । 

शरणार्थीलाई लेवनानमा लामो समय व्यवस्था गर्न सम्भव छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ